Section 39
सूची प्रकाशन गर्नु पर्ने
(१) राष्ट्र बैंकले प्रत्येक महिना बैंकिङ्ग तथा वित्तीय कारोबार गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरुको सूची राष्ट्रियस्तरको दैनिक पत्रिका वा अन्य कुनै माध्यमबाट प्रकाशन गर्नेछ । (२) उपदफा (१) बमोजिम प्रकाशित सूचीमा बैंक तथा वित्तीय संस्थाको कारोबार सञ्चालन मिति, चुक्ता पूँजी, पूँजीकोषको अवस्था, कुल कर्जा, निष्क्रिय कर्जाको अवस्था तथा राष्ट्र बैंकले आवश्यक देखेको अन्य विवरण समेत समावेश गर्न सक्नेछ ।